दल

'प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा गठबन्धन सकारात्मक'

इकागज |
चैत ४, २०७९ शनिबार १९:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार बैठकमा आइतबार संसद्‍मा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भएको बताए ।


उनले भने, ‘६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा छलफल भयो । भोलि संसद्‍मा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भयो ।’

उपसभापति खड्काले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बारेमा पनि छलफल भएको बताए ।


Author

थप समाचार
x