दल

रास्वपाले भन्यो - गृहमा हाम्रो दाबी यथावत्

इकागज |
माघ १५, २०७९ आइतबार १९:६ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयमा आफ्नो दाबी रहेको बताएको छ । आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले गृहमा आफ्नो दाबी रहेको बताए । महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले गृह मन्त्रालयमा पार्टीको दाबी यथावत् रहेको बताएका हुन् । 

उनले भने, 'गृह मन्त्रालयका बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ ।' उनले सभापति रवि लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताए । 


'गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ', उनले भने । 

लामिछानेको सभापतित्वमा बसेको दोस्रो बैठकले प्रदेशअन्तर्गतको संगठन विस्तारको कार्यतालिका पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थगित गरिएको प्रदेश समितिको विस्तार बैठक तथा संगठन विस्तारका काम माघ २१ गतेदेखि सञ्चालन गरिने उनले बताए । 

    


Author

थप समाचार
x