दल

वामपन्थी शक्ति एक हुन नसके गठबन्धन विरुद्ध एमाले एक्लै लड्छः पृथ्वीसुब्बा गुरुङ

इकागज |
साउन १४, २०७९ शनिबार २१:५५ बजे

फाइल फोटो

लमजुङ - नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी चुनावमा वामपन्थी शक्ति एक हुन नसके पनि गठबन्धन विरुद्ध एमाले एक्लै लड्न उच्च मनोबलका साथ तयार हुनुपर्ने बताए । 

नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै  उनले गण्डकी प्रदेशमा अहिले पनि एमाले पहिलो शक्तिको रूपमा रहेको बताउँदै आगामी चुनावमा अझ बलियो बनेर आउनुपर्ने बताए ।


नेता गुरुङले स्थानीय चुनावमा पार्टीभित्र केही अन्तर्घात भएको बताउँदै उनीहरूलाई आगामी चुनावपछि कारबाही गरिने बताए ।


Author

थप समाचार
x