दल

माओवादी केन्द्रीय समिति बैठक सर्‍यो, भोलि १ बजे बस्ने

इकागज |
असार २१, २०७९ मंगलबार १०:० बजे

काठमाडौँ - आज बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक सरेको माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए । उनकाअनुसार बैठक बुधबार दिउँसो एक बजे बस्ने तय भएको छ ।

जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । 


माओवादी केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको हो । आइतबार बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सोमबार केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आफ्ना धारणा राखेका थिए । 

बैठकमा पदाधिकारी चयन गर्नुपर्ने आवाज उठेको छ । पदाधिकारी चयन लगायत अन्तरिक विषयमा छलफल गर्न बैठक स्थगित भएको बताइएको छ ।


Author

थप समाचार
x