दल

पदमा बसिरहन पार्टी खोलेको होइन : वामदेव गौतम

इकागज |
असार १४, २०७९ मंगलबार १५:४९ बजे

काठमाडौंँ- वामदेव गौतमले घोषणा गरेको नयाँ पार्टी ‘नेकपा राष्ट्रिय एकता पार्टी’ आफू पदमा बसि रहनका लागि नखोलेको स्पष्‍ट पारेका छन् । नयाँ दलको घोषणा कार्यक्रममा पत्रकारले सोधेका प्रश्‍नको उत्तर दिँदै उनले आफ्नो पदमा बस्‍ने महत्वाकांक्षाले पार्टी नखोलेको स्पष्ट पारेका हुन् । 

‘मलाई पदमा बसिरहने त्यो आकांक्षा पूरा गर्न त्यो महत्वाकांक्षा पूराको निम्ति पार्टी खोल्दै हुनुहुन्छ भन्‍नु भएको छ । र तपाईंको परिवारका सदस्यहरू यही पार्टीमा राख्नुभएको छ भनेर भन्‍नुभएको छ,’ उनले भने, ‘त्यो दुईवटै तपाईंले भन्‍नुभएको विषयहरू सत्य होइनन् ।’ पार्टीमा परिवारका सदस्य भए पनि पार्टी कम्युनिष्ट आन्दोलनमा भएको उनले बताए ।  


‘पार्टीमा हुनुहुन्छ, केन्द्रीय कमिटीमा हुनुहुन्छ मेरो श्रीमती र छोरा,’ उनले भने, ‘तर मेरो सिंगो पार्टी कम्युनिष्ट आन्दोलनमा छ । मेरो सिंगो परिवार मेरो आमा भाइहरू मेरा बहिनीहरू जति छन् मेरा सन्तान त्यो सबै हेर्नु भयो भने सबै आन्दोलनमा लागेका छन् । आज होइन कठिन परिस्थितिमा ।’
 


Author

थप समाचार
x