दल

क्यान्सरपीडित विश्व कीर्तिमानी शम्भु तामाङलाई भेट्न अस्पताल पुगे प्रचण्ड

इकागज |
असार १२, २०७९ आइतबार १०:३५ बजे

काठमाडौं -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले​ सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका शम्भु तामाङलाई भेटेका छन् । उनको स्वास्थ्यस्थिति बारे बुझ्‍न अध्यक्ष प्रचण्ड आइतबार ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेका हुन् । 

तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष प्रचण्डले चिकित्सकहरूबाट जानकारी लिएका उनको सचिवालयले जनाएको छ । प्रचण्डले उनको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्‍याउने  योगदानको प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताए ।


सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरी गिजिन बुकमा वर्ल्ड रेकर्ड राख्न सफल सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् ।


Author

थप समाचार
x