दल

मातृका यादवको गृहनगरमा माओवादीका यादव र खातुन विजयी

इकागज |
जेठ ७, २०७९ शनिबार १२:४८ बजे

काठमाडौँ- धनुषाको सबैला नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका कारी राम यादव विजयी भएका छन् । कारीले ४२१२ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्तदर शाह मधुप ४०७६ मत ल्याएर पराजित भए । 


त्यस्तै नेकपा एमालेका रामचन्द्रप्रसाद यादव राकेशले ३५०४ मत पाए ।

सबैलाको उपमेयरमा माओवादीकी रमिमा खातुन ४६९९ मत पाएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी किरणकुमारी कापर ३६०४ मत ल्याएर पराजित भइन् ।

सबैला माओवादीका नेता तथा पूर्वमन्त्री मातृका यादवको गृहनगर हो । यहाँ कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको थियो ।


Author

थप समाचार
x