संसद्

दुवै सदनको बैठक बस्दै, के-के हुँदैछ छलफल ?

इकागज |
चैत ७, २०८० बुधबार ६:४८ बजे

काठमाडौँ- प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११:०० बजे बैठक बस्दैछ ।


बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने जनाइएको छ ।

त्यस्तै आज राष्ट्रियसभा बैठक पनि बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११:०० बजे बैठक बस्दैछ ।

आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको दन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् । 

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता माथी सभामा छलफल जारी रहने संसद्‌ सचिवालयले जनाएको छ ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अनुगमन मुल्याङ्‌कन विधेयक २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधनप्रति छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्’ भने सो ‘प्रस्तावलाई पारित गरियोस्‌’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूचीमा उल्लेख छ । 

साथै अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x