संसद्

रुस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग

इकागज |
फागुन १०, २०८० बिहीबार १४:८ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले रुस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उनले रुस-युक्रेन युद्धमा रहेका नेपालीहरूको अवस्था अज्ञात रहेको र परिवारका सदस्यहरू थप पीडामा परेको भन्दै सो स्थानमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका हुन् । सयौंको संख्यामा रुसी सेनामा नेपालीहरू रहे पनि उनीहरूको अवस्था पत्ता लगाउन परराष्ट्र मन्त्रालय असफल रहेको उनले बताए ।


उनले नेपालीहरू रुसी वा युक्रेनी सेनामा पुराउने अवस्थाको छानबिन गर्नुपर्ने धारणा राखे । अनधिकृत रूपमा रुस-युक्रेनबाट फर्काउन सरकारले तत्परता समेत नदेखाएको उनको भनाइ छ ।


Author

थप समाचार
x