संसद्

चिकित्सा शिक्षा क्षेत्रका समस्याहरूको अध्ययन गर्न कार्यदल बनाइने

इकागज |
भदौ २२, २०८० शुक्रबार १७:२२ बजे

काठमाडाैँ– प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरूको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको हो ।


कार्यदल भने समितिको आगामी बैठकमा बनाइने भएको छ । समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको अध्ययन गर्दै सरोकारवालाहरूसँग छलफल गर्न र समाधानका उपायहरू खोज्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको जानकारी गराए । 

शुक्रबारको बैठकमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँग छलफल भएको थियो ।

समितिको आगामी बैठक भदौ २५ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।


Author

थप समाचार
x