संसद्

सरकारप्रतिको भरोसा बालबालिकामा देखिएन : सांसद देवकोटा

इकागज |
चैत १२, २०७९ आइतबार १५:१६ बजे

काठमाडौँ- राष्ट्रिय सभा सांसद अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्नु नहुने बताएकी छिन् ।

आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको उल्लेख गरिन् ।


सरकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर जनमुखी काम गर्नुपर्ने देवकोटाकाे धारणा छ । उनले केही दिनअघि विद्यार्थीहरूले आफ्नो कपडामा अब खाडीमा भेटौंला भन्नेजस्ता शब्द राख्नु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नरहेको स्पष्ट भएको बताइन् । उनले युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश दिनु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नहुनु रहेकोले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने बताइन् ।

सांसद देवकोटाले नागरिकले पाउने सेवासुविधाहरू नागरिक केन्द्रित हुनुपर्ने बताइन् ।


Author

थप समाचार
x