प्रमुख समाचार

कांग्रेसको नयाँ नेतृत्वको पहिलो केन्द्रीय समितिको बैठक सुरु

इकागज |
पुस १०, २०७८ शनिबार १४:१५ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।   आजको बैठकमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु सहभागी छन् ।  नवनिर्वाचित नेतृत्वलाई निर्वाचन समितिले आज शनिबार नै प्रमाणपत्र प्रदान गरेको छ ।  

प्रमाणपत्र वितरणपछि केन्द्रीय समितिको बैठक सुरु भएको हो ।  कांग्रेसमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएर बनेको छ । त्यस्तै निर्वाचित एक केन्द्रीय सदस्यलाई सभापतिले कोषाध्यक्ष बनाउने वैधानिक प्रावधान छ ।  त्यस्तै ३३ जना सदस्य मनोनीत पनि सभापतिले गर्ने व्यवस्था छ । 


 
 


Author

थप समाचार
x