प्रमुख समाचार

आत्मालोचना गर्दै बुद्ध एयरले भन्योः आगामी दिनमा उडान सेवा बन्द गर्नेछैनौँ

इकागज |
असार ८, २०७९ बुधबार १२:२१ बजे

फाइल तस्बिर

काठमाडौँ - बुद्ध एयरले आगामी दिनमा उडान सेवा अवरुद्ध नगर्ने प्रतिबद्धता जनाएको छ । बुद्ध एयरले यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ ।

वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीको जिविकोपार्जन थलोसमेत रहेको एयरले बताएको छ । आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित निर्णय नभएको स्वीकारेको छ । 'यसको आत्मालोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दर्छौँ,' एयरले भनेको छ ।


काठमाडौँ विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाज रहेका छन् । सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुनेसमेत बताएको छ । अध्ययनले पार्किङ क्षेत्रमा १७ वटा जहाजको क्षमता रहेको देखाएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले आन्तरिक क्षमताभन्दा बढी पार्किङ भएकाले काठमाडौं बाहिर रात्रि विसान गर्न निर्देशन दिएको थियो ।  पार्किङस्थल सुधार भएको छ र अहिले १७ वटाभन्दा बढी जहाज रात्रीकालीन समयमा राख्न सकिने भएको छ ।

प्राधिकरणले काठमाडौँमा रात्रीकालीन समयमा पार्किङ गर्ने जहाजहरूलाई स्थान उपलब्ध गराउने भएको छ । यसले नेपाली यात्रुलाई सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुने बुद्ध एयरले विश्वास व्यक्त गरेको छ ।


Author

थप समाचार
x