संगीत

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

इकागज |
फागुन ६, २०८० आइतबार १४:४७ बजे

काठमाडौँ- अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुती दिने भएका छन् । डीजे मेजर लेजर समूहका एक सदस्य हुन् । क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

वाल्शी फायर जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत पनि हुन् । मेजर लेजरको उनी एक मुख्य सदस्य पनि हुन् । उनको समूहमा डीजे डिप्लो र एप ड्रम्स छन् । तर उनको समूहका अन्य साथीहरू भने नेपाल आउने छैनन् । 


उनीहरूले धेरै हिट गीत उत्पादन गरेका छन् । जुन नेपाली युवामा समेत उनका गीतले प्रसिद्धि कमाएको छ । उनका लीन अन (डीजे स्नेक र एमओसँग), कोल्ड वाटर (जस्टिन बिबरसँग), नो बेटर (ट्राभिस स्कटसँग), रन अप (निकी मिनाजसँग), टाइटन्स (सियासँग) लगायतका गीतहरू छन् ।  यी गीतहरूमध्ये ‘लीन अन’ ३.५ बिलियन भ्युज छ । ‘कोल्ड वाटर’ लाई युट्युबमा ३३८ मिलियन हेरिएको छ ।

क्लबका निर्देशक रविन श्रेष्ठले वाल्सी फायरका कार्यक्रम ११ बजेदेखि सुरु हुने उनले जानकारी दिए । उनका अनुसार सहभागी हुन चाहने दर्शकले ई-सेवाबाट १ हजार मूल्यको टिकट लिन सक्नेछन् ।  दर्शकले कार्यक्रम सुरु हुनु अगाडि क्लबमा प्रवेश गरेर मनोरञ्जन गर्न सक्ने छन् ।

यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कर, अर्मन मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन् ।

त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।

एलओडी क्लब 'लर्ड अफ द ड्रिंक्स' विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको छ ।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५२ औं स्थानमा राखेको हो । यसमा पाँच सय क्लब सहभागी भएका थिए। 

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।

 


Author

थप समाचार
x