संगीत

संगीतकार अम्बर तुम्बापो सुब्बाको फिमेल भर्सन ‘लाग्थ्यो तिमी’ सार्वजनिक

इकागज |
फागुन ३, २०८० बिहीबार ११:४५ बजे

फाइल तस्बिर

काठमाडौं - संगीतकार अम्बर तुम्बापो सुब्बाको नयाँ गीत ‘लाग्थ्यो तिमी’ फिमेल भर्सन सार्वजनिक गरिएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत र सुमित विश्वकर्माको एरेञ्ज रहेको छ ।

भिडियोमा बानिका प्रधानको अभिनय छ भने उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । योगेश दाहालको छायांकन, निर्देशन र सम्पादन रहेको छ ।


‘लाग्थ्यो तिमी’ ओर्जिनल गायक सन्तोष लामाको हो । उनको एल्बम एम्बर १ को लागि गाइएको थियो ।​

भिडियाे निर्माता किलाइट माेसन पिक्चर र द ड्रिम टिम लिडिङले स्पाेन्सर गरेका हुन् ।

 


Author

थप समाचार
x