संगीत

मदन र सुभद्राकाे 'राेजी छाडी'मा नवीन र पार्वती (भिडियाे)

इकागज |
असोज १४, २०८० आइतबार १०:५ बजे

काठमाडाैं । गायक मदन थापा र सुभद्रा भुजेलको  रोजी छाडी बाेलकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । डिबी खड्का यूट्युब च्यानलबाट नेपाली लाेक आधुनिक गीत राेजी छाडी शुक्रबार सार्वजनिक गरिएकाे हाे ।

डिबी खड्काले  गीतलाई चर्चित लोक गायक गोकुल राउतले लय भरेका हुन् । संगीत संयाेजन नारायण दङ्गालको रहेको छ।


शशी बिक्रम थापाले निर्देशन  गरेकाे गीतकाे  भिडियोमा पार्वती भुजेल ,नवीन काफ्ले, अर्जुन कार्की, सौरभ थापा को अभिनय देख्न पाइन्छ ।

मेकअप बिक्रम गौतमले गरेका हुन् ।  गङगाराम राईले खिचेकाे भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका छन् । यसअघि  मदन थापाको  गोठालो ,बत्तिसे बैँस,  पर्खी बस्छु,  प्रधानको छोरो लगायत गीतहरु बजारमा आइसकेका छ्न्।​


Author

थप समाचार
x