संगीत

‘बादल वर्षा बिजुली’को विश्व रेकर्ड, इन्स्टाग्राममा रिल बन्नेमा उत्कृष्ट दस भित्र

इकागज |
असोज २, २०८० मंगलबार १७:० बजे

काठमाडौँ -  करुण थापाको शब्द र सचिन सिंहको संगीतमा तयार भएको गीत ‘बादल वर्षा बिजुली’ इन्स्टाग्राममा सर्वाधिक रिल बन्ने कीर्तिमान कायम गरेको छ । गीतकार करुण थापाका अनुसार सोसय मिडिया एनालिटिक्स दास हडसनको सूचीअनुसार यो गीत संसारभरबाट बन्ने रिलिमध्ये दस भित्र परेको हो । 
थापाले उक्त तथ्यांक आजको दिन अर्थात् मंगलबारसम्म रहेको जनाएका छन् । 

अचानक नेपाली टिकटकरबीच छाएको गीत विश्वभर फैलिएको थियो । दीलिप रायमाझी र सज्जा मैनालीले ‘कर्तव्य’ फिल्मका लागि नृत्य गरेको यो गीतलाई पछि स्रष्टाले पुनः रेकर्ड गरेर म्युजिक भिडियोमा सार्वजनिक गरेका थिए । अहिले यो गीतको भिडियोले ३० लाख बढी भ्युज पाएको छ । 


गीतकार करुण थापाले यो गीत मुम्बईको एक थिएटरमा रहेका पर्दाका नामबाट स्थायी जुराएको बताएका थिए । यो गीत गत जेठ महिनाबाट टिकटकमा भाइरल बनेको थियो । त्यसयता यो गीतमा बलिउडका चर्चित कलाकारले पनि रिल बनाउन थालेपछि यसको चर्चाले सात समुन्द्र पार गरेको थियो । चीनदेखि अफ्रिकासम्मबाट यो गीतमा रिल बनेका थिए ।


Author

थप समाचार
x