संगीत

माण्डबी र राजनको स्वरमा 'चोली स्याइदिउँला'

इकागज |
भदौ ५, २०८० मंगलबार १६:१० बजे

काठमाडौँ-  गायिका माण्डबी त्रिपाठी र गायक राजन श्रेष्ठको समधुर आवाज रहेको ‘चोली स्याइदिउँला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सबिन कुमार तोलाङ्गीको निर्देशन रहेको म्युजिक भिडियोमा चर्चित मोडल स्मारिका ढकाल र दिपेन खड्का लगायकाे अभिनय गरेका रहेकाे छ ।

उक्त म्युजिक भिडियो काठमाडौंको सुन्दर स्थान जर्सिङपौवामा छायांकन गरिएकाे हाे । गीतमा वसन्त घिमिरेको शब्द र भगवन भुजेलको संगीत रहेको छ । गीतमा एरेन्ज, रेकर्डिङ तथा मिक्सिङ्ग विपिन आचार्यको रहेकाे छ । 


कमल प्रसाद शर्मा को निर्माण रहेको म्युजिक भिडियोको कोरियोग्राफी प्रविन थापाले गरेका छन भने उक्त गीतको छायांकन वीरेन्द्र परियारले गरेका हुन् भने सह – निर्देशनमा बिकल क्षेत्री रहेका छन । शृगारमा सरिता भारती साथै सन्तोषी आर्चाय रहेका छन् , भने व्यवस्थापक भुवन श्रेष्ठ रहेका छन । उक्त गीतको भिडियाे ‘ फिल्मी संसार ’ युटुब च्यानलबाट म्युजिक भिडियो गरिएकाे छ । 

 


Author

थप समाचार
x