संगीत

भारतीय गायक अरिजीत सिंह नेपाल आउँदै

इकागज |
साउन ३०, २०८० मंगलबार १९:३६ बजे

काठमाडौँ- भारतीय गायक अरिजीत सिंह पहिलो पटक नेपाल आउने भएका छन् । मंसिर ९ गते हायातमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् । 

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमा आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले अरिजीत सिंह लाइभ इन नेपाल' हुने जानकारी दिएको छ ।


भारतीय पार्श्व गायकका रूपमा परिचित अरिजीत सिंहले 'तुम हि हो, केसरिया तेरा, झुमे जो पठान, खैरियत, अपना बना ले' जस्ता थुप्रै चर्चित गीतमा आवाज दिएका छन् ।

यस कन्सर्टको साधारण टिकट मूल्य ४ हजारबाट सुरु हुनेछ । थप सुविधासहित अरू टिकट दरहरू समेत उपलब्ध हुने आयोजकले जनाएको छ । 

साउन ३० गतेदेखि बिक्री खुला हुने टिकट खल्ती डिजिटल वालेटबाट मात्रै खरिद गर्न सकिने छ । यस कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रमा योगदान गर्ने आयोजकको विश्वास छ ।


Author

थप समाचार
x