संगीत

विवादले फाइदामा प्रकाश सपुतको ‘सकम्बरी’, हप्तामै करोडले हेरे

इकागज |
बैशाख ७, २०८० बिहीबार १६:२१ बजे

काठमाडौँ - प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले सिर्जना गरेको विवाद थामिने नाम छैन । यसैगरी गीतले पाइरहेका दर्शक पनि । कतिसम्म भने यो गीतले रिलिज भएको हप्ता दिनमै करोड दर्शक पाएको छ । सम्भवतः छोटो समयमा करोड भ्युज पुग्ने यो पहिलो गीत हो ।

विगतमा कुनै गीतले करोड दर्शक पाउँदा संगीतकर्मी हर्कले फुरुङ हुन्थे । मिडिया बोलाएर धुमधामसँग करोडको केक काटिन्थ्यो । तर प्रकाश सपुतको गीतले नयाँ बेन्चमार्क खडा गरेको छ । 


गीतको भिडियोलाई लिएर परस्पर विरोधी मत सार्वजनिक भइरहेका छन् । गीतलाई लिएर रात्रिकालीन मनोरञ्जन व्यवसायी आपत्ति जनाइसकेका छन् । तर यी सबै कुराको फाइदा गीतलाई भएको छ । यही कारण गीतले छोटो समयमै करोड भ्युज पाएको हो । प्रकाश सपुत सिर्जित धेरै गीत करोड क्लब प्रवेश गरेका छन् ।
 


Author

थप समाचार
x