संगीत

अमेरिकन आइडल रनर अप आर्थर गनलाई ज्यान मार्ने धम्कि, रङभेद गरेको गुनासो

इकागज |
चैत २७, २०७९ सोमबार १५:५ बजे

काठमाडौँ - अमेरिकन आइडलको प्रतिस्पर्धी भएर चर्चा कमाएका नेपाली मुलका गायक दिवेश पोखरेल अर्थात् आर्थर गनले अमेरिकन आइडल रङभेदी भएको गुनासाे छन् । उनले फेसबुक स्टोरीमा अमेरिकन आइडललाई गाली गर्दै आफ्नो ठाउँमा उभिन चुनौती दिएका छन् । उनले आइडललाई जनावरको संज्ञा दिँदै आफ्नो खुट्टामा उभिन पनि नसुहाउने बताएका छन् । 

आर्थर गन अमेरिकन आइडलको १८ औँ संस्करणमा रनर अप भएका थिए भने १९ औँ संस्करणमा पुनः भाग लिन आएका थिए । यो बेला भने आर्थरको यात्रा टप ७ बाट टुंगिएको थियो । तर १९ औँ संस्करणको फिनालेमा आर्थरले अन्तिम समयमा स्टेज छाडेका थिए । फिनालेमा उनले सेरिल क्रोसँग गाउनुपर्ने सेड्युल थियो तर उनले ५ मिनेटअघि कार्यक्रमस्थल छाडेका थिए । 


पछि यो कुराले विवाद उत्पन्न भएपछि अचानक असजिलो वातावरण सिर्जना भएकाले आफूले गाउने कार्यक्रम छाडेर बाहिरिएको स्पष्टिकरण दिएका थिए । 
१ घन्टा अघि राखेको फेसबुक स्टोरीमा उनले मान्छेको नाम उल्लेख नगरी मार्ने धम्की आएको पनि बताएका छन् ।

अमेरिकाको कनान्समा बसाइँ सर्नुअघि दिवेशले नेपालमा ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम सार्वजनिक गरेका छन् । उनले यो बाहेक ‘म’, ‘खोज’ र ‘कर्णाली’ गरी तीन सिंगल पनि सार्वजनिक गरेका छन् ।  अमेरिकन आइडलबाट बाहिरिए लगत्तै आर्थरले ‘सेभ मी नाऊ’ बोलको गीत सार्वजनिक गरेका थिए । 


Author

थप समाचार
x