संगीत

रामकृष्ण ढकाल र रानीको चाहदिनँ हाँस्न म सार्वजनिक

इकागज |
मंसिर २, २०७९ शुक्रबार १६:७ बजे

काठमाडौँ- गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश भएको चाहदिनँ हाँस्न म बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ ।यो गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ । 

यो गीतले जातका कारण प्रेममा आउने अवरोधको भावलाई बोकेको छ । गीतको भिडियोमा रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परि शाक्यको अभिनय छ । भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन, बिष्णु खड्काको सम्पादन छ । 



Author

थप समाचार
x