मल्टिमिडिया

प्रजातन्त्र खोसिएको दिन - नेपालको इतिहास (भिडियाे)

इकागज |
पुस १, २०७९ शुक्रबार १५:५७ बजे

२०१७ साल पुस १ को शान्त बिहानीमा सूर्य बहादुर थापा उनको साइकलमा राजदरबार वरिपरी घुम्दै थिए । उनी बाँकी दिन कसरी अघि बढ्ला भन्नेमा व्याकुल थिए । किनकी थापा त्यो दिन केही हुँदैछ भन्नेमा जानकार थिए । केही महिनाअघि उनी राजा महेन्द्रको इतिहासको कोर्स परिवर्तन गर्ने त्यो मन्तव्यको विषयवस्तुमाथि छलफल गर्न दरबारमा निम्त्याइएका थिए । राजा महेन्द्रले नेपालको संविधानको एउटा धाराको लाभ उठाएर संकटकाल घोषणा गर्ने र त्यससँगै प्रजातन्त्रको घाँटी निमोठ्ने योजना बनाएका थिए । नेपालको इतिहासमा पुस १ लाई ‘कालो दिन’ का रुपमा लिइन्छ ।



Author

थप समाचार
x