साहित्य

‘पुअर थिंग्स’लाई भेनिसमा गोल्डेन लायन, पिटर सार्सगार्ड र केली स्पेनीलाई अभिनयकाे उत्कृष्ट अवार्ड

इकागज |
भदौ २४, २०८० आइतबार १०:४३ बजे

भेनिस- प्रिमियर भए लगत्तै भेनिसमा सर्वोत्कृष्ट पुरस्कार गोल्डेन लायनका लागि दाबेदार मानिएको ‘पुअर थिंग्स’ले यो सालको गोल्डेन लायन जितेको छ । योर्गाेस लान्थिमसको निर्देशन रहेको चलचित्रमा एम्मा स्टोनले पुनर्जन्म हुने युवतीको रुपमा अभिनय गरेकी छिन् ।

फेस्टिभल समापनको नजिक आइरहँदा फिल्मी पण्डितबीच तीन वटा फिल्मलाई लिएर तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । जसमा योर्गोसको ‘पुअर थिंग्स’, रेयुसुके हामागुचीको ‘एभिल डज नट एक्जिस्ट’ र अग्निस्का होल्यान्डको ‘ग्रिन बोर्डर’ मुख्य थिए । ‘ला ला ल्यान्ड’ निर्देशक डेमियन चेजल जुरी संयोजक रहेको रहेको जुरीले फ्यान्टासी छान्छ कि यथार्थपरक फिल्म भन्नेमा पनि धेरैका अड्कल थिए । तर चेजलले चतुर्र्याँईपूर्वक तीन वटै फिल्मलाई अवार्ड बाँडेर  सबैको अनुमान सही हुने मौका दिएका छन् । 


अघिल्लो साल ओस्कार अवार्डसमेत जितेको रेयुसुके हामागुचीले भेनिसमा ग्रान्ड जुरी अवार्ड जिते भने स्पेसनल जुरी प्राइज अग्निस्का होल्यान्डले ‘ग्रिन बोर्डर’का लागि हात पारे ।

सिल्भर लाइन बेस्ट डाइरेक्टरको अवार्ड भने बसाइँ सराइ र आप्रवासी समस्यामा बनेको माटेउ गारोनीको ‘मि क्याप्टन’ले जित्यो । उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड भने क्रमशः प्रिस्सिला केनी र पिटर सार्सगाडले हात पारे । 

यो पटक नेपालबाट द रेड सुटकेस पनि भेनिसको दोस्रो ठूलो प्रतिस्पर्धामा प्रतिस्पर्धी थियो । चलचित्रले भेनिसमा भइरहेका साइड इभेन्टमा दुई पुरस्कार जित्न सफल भयो । होराइजन्स भनिने यो विधाको उत्कृष्ट फिल्मको पुरस्कार एक्स्प्लानेसन फर एभरीथिङले जित्यो भने निर्देशकतर्फ यही विधामा मिका गुस्ताफसन प्याराडाइज इज बर्निङका लागि उत्कृष्ट निर्देशक ठहरिए ।


Author

थप समाचार
x