साहित्य

विद्यार्थीको साहित्य लेखनमा रुचि बढाउन बालकथा संग्रह सार्वजनिक

इकागज |
चैत २५, २०७९ शनिबार २०:० बजे

काठमाडौँ- विद्यालय तहका बालबालिकाहरूको प्रतिभाको पहिचान गरी उनीहरूको सिर्जनशीलता, भाषिक सीप र दक्षतालाई बाहिर निकाल्न इम्पेरियल वर्ल्ड स्कुलले महत्वपूर्ण कार्यको थालनी गरेको छ ।

स्कुलले नवीन पाइला र इम्याजिनेटिभ वर्ल्ड बालकथा सङ्ग्रह प्रकाशन गरेर बालबालिकाको क्षेत्रमा नवीन आयामको थालनी गरेको हो । शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएका कृतिहरू नवीन पाइला बालकथा सङ्ग्रह नेपालीमा र इम्याजिनेटिभ वर्ल्ड अंग्रजी भाषामा रहेका छन् । प्रमुख अतिथि बाल साहित्यकार यशु श्रेष्ठ, विद्यालयका अध्यक्ष कुमार कार्की, प्रिन्सिपल जुनिता शाहीले संयुक्त रूपमा विमोचन गरेका थिए ।


बालकथा सङ्ग्रहमा कक्षा तीनदेखि कक्षा दशसम्मका बालबालिकाहरूका कथाहरू समेटिएका छन् । उनीहरूका आफ्ना निजी अनुभूतिहरू रहेका कथाहरूमा बालबालिकाका कल्पना, साहस र सफलताका कथाहरू समेटिएका छन् ।

साहित्यकार यशु श्रेष्ठले विद्यालय बगैँचा र बालबालिका त्यसका फूल भएको बताउँदै नवीन पाइला र इम्याजिनेटिभ वर्ल्ड बालकथा सङ्ग्रहले बालबालिकालाई साहित्यमा रुचि बढाउन सहयोग पुग्ने बताए । श्रेष्ठले बालसाहित्य क्षेत्र उपेक्षित क्षेत्र रहेकोले हरेक विद्यालयले साहित्य लेखनको जग बसाल्न आवश्यक रहेको धारणा राखे ।

विद्यालयका अध्यक्ष कुमार कार्कीले विद्यालयले विद्यार्थीलाई कक्षा कोठामा मात्रै पढाएर नपुग्ने र वास्तविक जीवनमा नै पुगेर जस्ताको तस्तै उतार्न खोजिएको बताए । 

साहित्य बालबालिकाहरूका लागि प्रेरणाको स्रोत हुने बताउँदै हरेक वर्ष दुई वटा पुस्तक विमोचन गर्ने तयारी गरेको जानकारी दिए ।

प्रिन्सिपल जुनिता शाही कार्कीले सहित्यले बालबालिकाको सिकाइमा ठूलो प्रभाव पार्ने भए पनि यसले धेरै महत्व नपाएको बताइन् ।


Author

थप समाचार
x