यात्रा

नेपाल चिनाउने 'इम्याजिन नेपाल' बिहीबारबाट प्रसारणमा

इकागज |
बैशाख २२, २०७९ बिहीबार १२:५५ बजे

काठमाडौँ- ट्राभल रियालिटी सो 'इम्याजिन नेपाल' वैशाख २२ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ ।  उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन ७ जना भिडियो निर्माता निर्देशक टिम बीच प्रतिस्पर्धा हुनेछ ।

 प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन प्रतिस्पर्धा गर्न आफ्नो ७ जनाको टोलीसँग नेपालका ७ प्रदेशको भ्रमण गर्नेछन् र सोही ठाउँको वृत्तचित्र निर्माण गर्नेछन् ।


 प्रदेश १ बाट टिम सहाना, मधेस प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानसी, गण्डकी प्रदेशबाट टिम दर्शन , लुम्बिनी प्रदेशबाट टिम किशोर, कर्णाली प्रदेशबाट टिम अबिन र सुदूरपश्चिम प्रदेशबाट टिम नेपाल फुडले यो जिम्मेवारी लिएका छन् ।

पहिलो एपिसोड वैशाख २२ गते बिहीबार राति ९ बजे कान्तिपुरमा र इम्याजिन नेपालको आधिकारिक यु-ट्युब च्यानलबाट १० बजे प्रसारण हुनेछ । यस ट्राभल रियालिटी सोमा श्री भूषण दाहाल मुख्य निर्णायकका रूपमा रहेका छन् भने सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन लिडको रूपमा देखिँदै छन् । यात्राका रोमाञ्चक कथाहरूसँगै १६ फरक एपिसोडको रूपमा टेलिभिजन मार्फत प्रसारणमा गरिने छ । 


Author

थप समाचार
x