यात्रा

ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा 'हेरिटेज वाक' (फोटोफिचर)

अनुज बज्राचार्य | बैशाख ६, २०८१

काठमाडौँ- विश्व सम्पदा दिवसको अवसरमा पाटन दरबार सक्वायर क्षेत्रमा बिहीबार 'हेरिटेज वाक' गरिएको छ ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, कर्मचारी, सुरक्षा अधिकारी लगायत हेरिटेज वाकमा सहभागी भएका थिए ।

पाटन ढोकाबाट सुरू भएको हेरिटेज वाक दरबार स्क्वायर क्षेत्रमा पुगेर टुंगिएको थियो । उक्त क्रममा उनीहरूले १३३६ मिटरको डोरी बोकेका थिए।

उक्त डोरी कलाकार मनिषलाल श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलालाई पाटन दरबार क्षेत्रमा प्रस्तुत गरेका हुन‍् ।

काठमाडौं समुन्द्री सतहभन्दा १३३६ मिटरको उचाइमा रहेको हुँदा कलाकारले डोरीलाई त्यसअनुसार बनाएका हुन् ।