अनियमितता

कञ्चनपुरका तीन अवैध क्रसर बन्द

इकागज |
बैशाख १९, २०७९ सोमबार २०:५२ बजे

फाइल फोटो

कञ्चनपुर - विभिन्न आयोजनाका नाममा लामो समयदेखि कञ्चनपुरमा सञ्चालनमा रहेका तीन क्रसर बन्द गरिएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्गले अख्तियारमा सोसम्बन्धी उजुरी परेपछि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गरेको बताए । 


“हामी कहाँ उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी समक्ष्य उक्त विषय अगाडि बढाउन भनेका थियौँ ।” अख्तियार प्रमुख कुरुवाङ्गले भने, `जिल्ला अनुगमन समितिको निर्णयपछि तीन क्रसर बन्द गरिएका हुन् ।` 

अख्तियारका अनुसार आज बेदकोट नगरपालिकामा निर्माण सामग्री केन्द्र, दोधारा चादँनीमा रहेको बासुलिङ्ग कन्सट्रक्सन र कृष्णपुरमा रहेको गौरव बिल्र्डसले सञ्चालन गरेको गैरकानुनी रुपमा सञ्चालित क्रसर बन्द गरिएका हुन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा रहेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि तीन वटा क्रसर बन्द गर्ने निर्णय गरेको जानकारी दिए । 

`सडक आयोजनाका नाम क्रसर राख्ने, बालुवा धुन भन्ने तर गिट्टी अरु प्रयोजनमा लग्ने गरेको पनि देखियो`, उनले भने, `आयोजनाका नाममा क्रसर राख्न पाउने प्रावधान रहेपनि दुरुपयोग भएको देखियो ।` 

अनुगमन समितिले क्रसर राखिएका पालिका र आन्तरिक राजस्व कार्यालयलाई थप कारबाहीका लागि प्रक्रियाअघि बढाउन भनिएको उनको भनाइ थियो । रासस


Author

थप समाचार
x