अनियमितता

पाँच लाख घुस लिएका मालपोत अधिकृत नियन्त्रणमा

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १४:१५ बजे

काठमाडौं– सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा एक अधिकृतलाई नियन्त्रणमा लिइएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख सुनिलकुमार झालाई नियन्त्रणमा लिइएको हो ।

जग्गा सम्बन्धी हक सफा मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग उनले पाँच् लाख रुपैयाँ माग गरेका थिए । रकम माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।


भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर भएकाले उनलाई बिगो स्वरुप पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन समेतको मागदावी गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।   
 


Author

थप समाचार
x