अनियमितता

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रीता घर्तीसहित १३ जना विरुद्द भ्रष्टाचार मुद्दा

इकागज |
असोज १७, २०८० बुधबार १४:६ बजे

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गंगादेव गाउँपालिकाका तत्कालिन उपाध्यक्ष रीता घर्तीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादवसमेत १३ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो  ।


गंगादेव गाउँपालिकाबाट खानेपानी निर्माण योजनाको लागत अनुमान तयार भई विनियोजन भएको रकम एवं उपभोक्ता समितिबीच सम्झौता भई उक्त योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन बनाएर  झुट्टा बिल भरपाई बनाएर भ्रष्टाचार गरेको आयोगले जनाएको छ । 

आरोपीले  भुक्तानी नै गर्न नमिल्ने रकम ४ लाख छैसठ्ठी हजार ४ सय अठासी रुपैयाँ उपभोक्त समितिलाई भुक्तानी दिएको आयोगले जनाएको छ । 

भ्रष्टाचार कसुरमा संलग्न प्रतिवादीहरुउपर आयोगले भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय र बिगो जरिमाना असुल गर्न माग गरेको छ । 


Author

थप समाचार
x