अनियमितता

सीआइबीले बोलाएर बयान नलिई फर्कायो पूर्वमन्त्री जोशीलाई

इकागज |
भदौ ४, २०८० सोमबार १५:५५ बजे

फाइल फोटो

काठमाडौं - बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बोलाएर पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बयान नलिई फर्काएको छ । 

बयानका लागि सोमबार उनी सीआइबी कार्यालय पुगेका थिए । तर, सीआइबीले बयान नलिई फर्काएको जोशीले बताएका छन् । 


‘पहिलोपटक सीआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सीआइबी कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन,’ उनले भने । 


Author

थप समाचार
x