अनियमितता

कपिलवस्तुको विजयनगर गाउँपालिकाका वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
भदौ १, २०८० शुक्रबार १६:२५ बजे

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका-४ का वडाध्यक्ष तिलकराम कंडेलसहित तीन जना उपर भ्रष्टाचार मुद्दा हालेको छ । 

वडाध्यक्ष कंडेलले गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर तालको ठेक्काको ६ लाख १० हजार बराबरको रकम हिनामिना गरेको अख्तियारले आरोप लगाएको छ । 


तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी, ठेकेदार सेराज महम्मद लगायतले उक्त तालको ठेक्का रकम हिनामिना गरेकाले सबैलाई आयोगले बिगो जरिमाना र कैद सजायसहितको माग दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको छ । 


Author

थप समाचार
x