अनियमितता

कर्णाली प्रदेश कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव भारीसहित १६ जना विरुद्ध मुद्दा दायर

इकागज |
साउन २५, २०८० बिहीबार १६:८ बजे

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतका तत्कालीन आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारीसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले  बयानब्बे लाख त्रिचालीस हजार दुई सय अन्ठानब्बे रुपैयाँ बराबर रकमको सरकारी हानि नोक्सानी  गरेको आरोपमा बिहीबार  विशेष अदालतमा भ्रष्टाचार  मुद्दा दायर गरेको हो ।


आयोगले  सचिव भारीलाई बयानब्बे लाख त्रिचालीस हजार दुई सय अन्ठानब्बे रुपैयाँ बिगो बमोजिम जरिमाना गराउन र कैद सजायको माग गरेको छ ।

आयोगले अन्य आरोपीहरू तत्कालीन सव– इन्जिनियर गणेश भण्डारी,तत्कालीन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित र लेखा अधिकृत हरि बहादुर थापा, तत्कालीन नि.निर्देशक भक्तिराम शर्मा, योजना शाखाका प्राविधिक सहायक (कृषि अधिकृत) गुरू प्रसाद अधिकारी र लेखा अधिकृत उत्तम कुमार बस्नेत,तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतका लेखा अधिकृत खिमलाल वली उपर पनि बिगो जरिमाना र कैद सजाएको माग गरेको छ । 

यस्तै तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतका कृषि अधिकृत सुरेश कुमार थापा र सहलेखापाल उषा ठाडा,तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतका सबइन्जिनियर सुवर्ण राज भारती,कर्णाली कोल्ड चेन लजिस्टिक प्रा.लि., सुर्खेतको सञ्चालक समितिका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, हालका अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कडेल र प्रवल शाही, तत्कालीन इन्जिनियर महेश शर्मा उपर पनि बिगो जरिमाना र कैद सजाएको माग गरेको छ । 
 


Author

थप समाचार
x