अनियमितता

सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
साउन १९, २०८० शुक्रबार १६:४३ बजे

काठमाडौँ– मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ढकालले नगरपालिका तथा वडा कार्यालयहरूमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत ढकाललाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगले दायर गरेको आरोप पत्रमा ढकाललाई दुई लाख रुपयाँ बिगोसहित कैद सजायको माग गरेको छ । 


Author

थप समाचार
x