अनियमितता

कञ्चनपुरको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
असार २८, २०८० बिहीबार १४:३ बजे

काठमाडौँ– कञ्चनपुरको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहोरा, न्यू भगवतट्ठ इँटा उद्योगका मेनेजर राजेन्द्रबहादुर भाट र सिद्ध बैजनाथ ईँटा उद्योगका प्रोपाइटर धनबहादुर विष्ट विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


बैजनाथ बहुभाषिक आधारभूत विद्यालय डाङाजाईको हाताभित्र रहेको जमिन गैरकानूनी रुपमा उत्खनन् गरी माटो स्थानीय ईटा उद्योगहरुलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोप आयोगले लगाएको छ ।

आरोपीले सात लाख उनान्तीस हजार पाँच सय चौध रुपैयाँ पचास पैसा बराबरको सरकारी रकम हिनामिना÷हानिनोक्सानी गरेको आयोगले जनाएको छ । 
अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना र प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहोरासँग बराबर सात लाख उनान्तीस हजार पाँच सय चौध रुपैयाँ पचास पैसा बिगो रकम असुल गर्न अदालतसँग माग गरेको छ ।

यस्तै न्यू भगवती इँटा उद्योगका  मेनेजार राजेन्द्रबहादुर भाटसँग ४ लाख ११ हजार ६ सय ६ रुपैयाँ  र सिद्ध बैजनाथ ईँटा उद्योगका प्रोपाइटर धन बहादुर विष्टसँग ३ लाख १७ हजार ९ सय ८ रुपैयाँ पचास पैसा बिगो रकम असुल गर्न माग गरेको छ । 
 


Author

थप समाचार
x