अनियमितता

सेवाग्राहीसँग घुस लिँदै गर्दा प्रधानाध्यापकसहित दुईजना पक्राउ

इकागज |
असार २६, २०८० मंगलबार १५:१६ बजे

काठमाडौँ- शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरू अख्तियारको टोलीकाे नियन्त्रणमा परेका हुन् ।

अख्तियारका अनुसार उनीहरू माथि थप अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x