अनियमितता

ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

इकागज |
असार १७, २०८० आइतबार १९:५ बजे

फाइल फोटो

काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको छ । 

तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।


यो मुद्दामा अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सिआईबीको हिरासतमा छन् ।


Author

थप समाचार
x