अनियमितता

पशुपतिमा सुनको जलहरी जोख्ने अख्तियारको तयारी

इकागज |
असार १०, २०८० आइतबार १८:५४ बजे

काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेको छ ।

आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो । सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ । 


सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भूगर्भ विभाग, सुनचाँदी व्यवसाय महासंघका प्रतिनिधि समेत त्यहाँ पुगेका छन् । पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 


Author

थप समाचार
x