अनियमितता

१५ हजार घुससहित मालपोतका कर्मचारी पक्राउ

इकागज |
जेठ २९, २०८० सोमबार १९:२९ बजे

फाइल फोटो

काठमाडौं - जिल्ला मालपोत कार्यालय बाराका खरिदार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र गौरीशङ्कर कुमार कुशवाहकमाथि घुस लिई भ्रष्टाचार आरोपमा पक्राउ गरि मुद्दा दायर गरेको हो।


अख्तियारका अनुसार जग्गा रजिस्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

१५ हजार बिगो कायम गरी उनीहरूमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।


Author

थप समाचार
x