अनियमितता

खरिदार र लेखनदास १५ हजार घूससहित पक्राउ

इकागज |
चैत १९, २०७९ आइतबार १९:५२ बजे

वीरगंज- भूमि सुधार तथा मालपोत कार्यालय बारामा कार्यरत खरिदार र एक जना लेखनदास पक्राउ परेका छन् । उनीहरूलाई १५ हजार घूसको रकमसहित पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा दुवैलाई पक्राउ गरेको जनाएको छ । मालपोत बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखनदास गौरीशंकर कुशवाहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घूस रकम लिँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बाराको कलैयामा स्टिङ अपरेशन सञ्चालन भएको बताए ।


Author

थप समाचार
x