अनियमितता

पाँच हजार घूससहित प्लम्बर अख्तियारको नियन्त्रणमा

इकागज |
साउन ३१, २०७९ मंगलबार १४:१५ बजे

काठमाडौं– काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकाल चौर शाखा कार्यालयमा कार्यरत एक कर्मचारीलाई घूससहित नियन्त्रणमा लिइएको छ । कार्यालयका सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका हुन् । 

खुलालले खानेपानी धारा जडानका लागि ५ हजार माग गरेको जानकारी प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो । 
 


खुलाललार्ई घूस रकमसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
 


Author

थप समाचार
x