अनियमितता

अख्तियारले नियन्त्रणमा लियो विश्‍वविद्यालयका कागजपत्र

इकागज |
साउन २७, २०७९ शुक्रबार १६:५८ बजे

सुर्खेत- मध्यपश्चिम विश्‍वविद्यालयका कागजपत्रहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएकाे छ ।

विश्‍वविद्यालयविरुद्ध उजुरी अख्तियारमा परेपछि कार्यालयले कागजपत्रहरू नियन्त्रणमा लिएको हो । विभिन्‍न विषयसँग सम्बन्धित उजुरीहरू कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्‍वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो ।


विश्‍वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ती प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेकाे कार्यालयले जनाएको छ । विश्‍वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानको लागि कागजपत्रहरू नियन्त्रणमा लिएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।

अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उनको भनाइ छ । 


Author

थप समाचार
x