पूर्वाधार

हुलाकी सडक सम्पन्न भए पनि मुआब्जा नपाएपछि बाराका पीडित आन्दोलित

इकागज |
फागुन १०, २०८० बिहीबार १४:३१ बजे

बारा- बाराको तामागढी-सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हालसम्म नपाएको भन्दै पीडितहरूले बिहीबार आन्दोलन गरेका छन् ।

पीडितहरूले सरकारलाई पटकपटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी-सिम्रोनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराले विरोध गर्दै सडक बन्द गरेर आन्दोलन गरेका हुन् ।


तामागढीको प्रस्थान विन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरूको आन्दोलन गरिरहेका छन् भने पूर्व-पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

२०७८ चैत १८ गते निर्माण सम्पन्न भएको यस तामागढी-सिम्रौनगढ हुलाकी सडक भारत सरकारको अनुदान सहयोगमा निर्मित ३९.७५ किलोमिटर निर्माणका क्रममा सडक विस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो ।

तर, सरकारले निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा समेत मुआब्जा नदिएपछि उनीहरू आन्दोलित भएका हुन् । आन्दोलनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित सहभागी रहेका छन् ।


Author

थप समाचार
x