पूर्वाधार

नारायणगढ-मुग्लिङ सडक खण्ड

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न म्याद थप

इकागज |
पुस २६, २०८० बिहीबार १९:५३ बजे

काठमाडौँ- चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नका लागि म्याद थप गरिएको छ ।

उक्त सडक खण्डमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने काम भएको कारण दिनको ४ घण्टा यातायात नै बन्द गरेर पहाड काट्ने काम भई रहेको थियो । गत वर्षदेखि नै उक्त स्थानमा पहाड काट्ने काम भए पनि बीचमा रोकिएको थियो । उक्त स्थानमा पुष ७ गतेदेखि १२ बजेदेखि ४ बजेसम्म यातायात बन्द गरेर काम भई रहको थियो ।


उक्त स्थानमा २१ दिनमा १५ मिटर पहाड काट्न सफल भएको र पहाड काट्न अझ ३० दिन यातायात बन्द गरी काम गर्न म्याद थपको जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको नागढुंगा-मुग्लिङ सडक योजना पश्चिम खण्डका प्रमुख इन्जिनियर केदारप्रसाद खनालले बताए ।

करिब ६० मिटर पहाड मध्य हाल सम्म ३५ मिटर पहाड काट्ने काम भएको र अझ २० मिटर पहाड काट्न बाँकी रहेको उनले बताए । नारायण-मुग्लिङ सडक खण्डमा पहाड काट्ने कामको राम्रो प्रगति देखिएको कारण पहाड काट्नका लागि माघ २० गतेसम्मको समय दिइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

उक्त पहाडमा कडा चट्टान भएको कारण कटान गर्न कठिन भएको छ । उक्त पहाड काट्न ३८ टन र २२ टनको ३ वटा हाइपावर रक ब्रेकर प्रयोग गरेर चट्टान काट्ने काम भई रहेको छ । उक्त सडक खण्डको १५ वटा पुल मध्य पहाड काट्ने काम नसकिएको कारण तुइन खोलामा पुलको काम सुरु हुन सकेको छैन । 


Author

थप समाचार
x