पूर्वाधार

पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको उत्पादन तथा बिक्री वितरण सुरु

इकागज |
पुस २५, २०८० बुधबार १७:४१ बजे

फाइल फोटो

काठमाडौँ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको उत्पादन तथा बिक्री वितरण सुरु गरेको छ । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उत्पादन तथा बिक्री वितरण कार्यको शुभारम्भ गरेका हुन् । सो अवसरमा मन्त्री रिजालले सबै प्रकारका कुपोषणलाई न्यूनीकरण गर्दै सन् २०३० मा दिगो विकास लक्ष्य प्राप्ति गर्ने सरकारको प्रतिबद्धतालाई पुरा गर्न पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलले मद्दत पुग्ने बताए । पौष्टिक तत्वको कमीका कारण हुने कुपोषणलाई अन्त्य गर्न सूक्ष्म पोषक तत्व लाभदायी हुने उनले बताए ।  मन्त्री रिजालले अधिकांश जनसंख्याले प्रयोग गर्ने चामलको स्तरोन्नति गर्दा पोषण अवस्थामा सुधारका लागि मद्दत पुग्ने जिकिर गरे । 


चामलसम्बन्धी मापदण्ड तयार गर्ने र खाद्य स्वच्छता तथा गुणस्तरको नियमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने भएको छ । 


Author

थप समाचार
x