घटना-दुर्घटना

अपडेट

प्यूठान जीप दुर्घटना : मृतक आठमध्ये सात जनाकाे सनाखत, एकै घरका तीनको मृत्यु (नामसहित)

विक्रम खड्का |
माघ २२, २०७८ शनिबार ९:३ बजे

बुटवल - प्यूठानमा बेहुली लिएर फर्कदै गरेको सवारी जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। आज बिहान ३ बजे ग १ ज ५०९३ नम्बरको जीप गौमुखी गाउँपालिका–६ ओखरपाटामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए।

मृत्यु हुनेमा स्थानीय एकै घरका बसन्त खड्का, उनकी श्रीमति बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन्। त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन्। मृतक वसन्त नेपाली कांग्रेस गौमुखी गाउँपालिका उपसभापति हुन् । उनका एकाघरका ३ जनाको मृत्यु भएको छ । एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन। 


मृत्यु हुनेहरू गौमुखी गाउँपालिका–६ का स्थानीय हुन्। बेहुला बेहुलीसहित पाँच घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बेहुला-बेहुली दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख सत्यनारा यण थापाले जानकारी दिए। दुई जनाको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो। दुर्घटनाग्रस्त जीप सडकदेखि करिब ३ सय मिटर तल खोलामा खसेको छ।

घाइतेहरू 
१    जिल्ला प्यूठान नौबहिनी गा।पा।वडा नं। ६ किमिचौर बस्ने बर्ष २० की रिमा जि।सी। । अवस्था गम्भीर  (बेहुली)

२    ऐ बस्ने बर्ष २५ की साबित्रा जिसी। गम्भीर

३    जिल्ला प्यूठान गौमुखी गापा वडानं ६ लिवाङ बस्ने बर्ष १७ को नरेश खड्का । गम्भीर

४   ऐबस्ने बर्ष २५ को दान बहादुर खड्का । (बेहुला)  अवस्था मध्यम

५    ऐ बस्ने बर्ष २१ की हरि बुढामगर । गम्भीर
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x