घटना-दुर्घटना

भक्तपुरमा खेलिरहेकी बालिकालाई बाघले आक्रमण गर्‍यो

इकागज |
बैशाख ९, २०८१ आइतबार १०:३७ बजे

फाइल फाेटाे

भक्तपुर - भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते भएकी छन् । चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो । 

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जाने क्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो । 


उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।


Author

थप समाचार
x