घटना-दुर्घटना

ग्याँस लिक भएर रौतहटमा आगलागी, ६ लाख बढीको क्षति

इकागज |
चैत २३, २०८० शुक्रबार १६:० बजे

रौतहट - भारतीय सिमानासंग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।​

स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौँको क्षति भएको हो। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।


आगलागीबाट अन्नपात, गरगहना र लत्ताकपडा गरी  ६ लाख ५० हजार  बराबरको सरसामान पूर्ण रुपमा जलि नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौरबाट गएको दमकलको सहयोगमा  बिहान ९ बजेको समयमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गर्मीयामसंगै हावाहुरी चल्न सुरु भए यता रौतहटमा आगलागीबाट झण्डै १ दर्जन घर जलेर लाखौं लाखको क्षति भएको प्रहरीले जनाएको छ।


Author

थप समाचार
x