घटना-दुर्घटना

कैलालीमा गुडिरहेको ट्रकमा आगलागी

इकागज |
चैत २१, २०८० बुधबार २०:३ बजे

फाइल फाेटाे

धनगढी - कैलालीमा एक ट्रकमा आगलागी भएको छ। उखु बोकेर कञ्चनपुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको ना५ख ४२६९ नम्बरको ट्रकमा आज आगलागी भएको हो। ​

कैलारी गाउँपालिका–३ सुर्मीनालामा ट्रकमा विद्युत तार छोएर आगलागी भएको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए। 


ट्रकमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले मिलेर निभाएका छन्। आगो नियन्त्रणमा आएको चन्दले बताएका छन्।


Author

थप समाचार
x