घटना-दुर्घटना

बागलुङमा अटो रिक्सा दुर्घटना : पाँच जना घाइते, चालक फरार

इकागज |
चैत १९, २०८० सोमबार १७:१७ बजे

फाइल तस्बिर

बागलुङ- बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका-३ दोविल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा रात्माटामा दुर्घटना हुँदा एक बालिकासहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपकबाबु केसीले जानकारी दिए ।

दुर्घटनामा बागलुङ नगरपालिका-३ की ४५ वर्षीया रेवती किसान, २४ वर्षीया सम्झना किसान, ५ वर्षीया साँची किसान, ६८ वर्षीय रोहिणीदत्त शर्मा र कास्की माझी गाउँपालिका-१२ का ४८ वर्षीय शन्तबहादुर परियार घाइते भएको इन्स्पेक्टर केसीले बताए । 


उनले घाइतेहरूको प्रहरीले उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल बागलुङमा पठाएको जानकारी दिए । अटो रिक्साका चालक फरार रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x